नियम ५६ख
साइबर ब्यूरो प्रमुखको काम, कर्तव्य र अधिकारः
(१) प्रहरी प्रधान कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र साइबर ब्युरो प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) ८ साइबर सम्बन्धी कसूर हुन नदिन आवश्यक व्यवस्था मिलाउने,
(ख) देहाय बमोजिमको साइबर सम्बन्धी कसूर तथा त्यस्तो कसूरसँग सम्बद्ध भई आएका नेपाल प्रहरीले अनुसन्धान गर्ने अन्य फौजदारी कसूरको अनुसन्धान गर्ने वा गराउने:-
(१) साइबर ब्यूरोमा जाहेरी परेका कसूर,
(२) कसूरको प्रकृति सङ्गठित, गम्भीर बा जटिल भएको कारण साइबर ब्यूरोले अनुसन्धान गर्ने भनी प्रहरी प्रधान कार्यालयले तोकिदिएको कसूर,
(३) साइबर ब्यूरोले अनुसन्धान गर्दी बढी प्रभावकारी हुने भनी सम्बन्धित प्रहरी कार्यालयले अनुरोध गरी पठाएकोमा प्रहरी प्रधान कार्यालयले तोकिदिएको कसूर ।
(ग) साइबर सम्बन्धी कपूरका पीडितको सामाजिक सञ्जालमा रहेको फोटो तथा भिडियो तत्काल अदृष्य (हाईड) गरी आपतकालीन संरक्षण लगायत अन्य आवश्यक व्यवस्था मिलाउने,
(घ) साइबर सम्बन्धी कसूरको नियन्त्रण तथा सोको अनुसन्धान सम्बन्धी कार्यमा अन्य प्रहरी कार्यालयबाट भए गरेको कामको सुपरिवेक्षण, अनुगमन तथा समन्वय गर्ने,
(ङ) _ साइवर सम्बन्धी कसूरको केन्द्रीय अभिलेख व्यवस्थापन गर्ने वा गराउने,
(च। तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने,
(छ। प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमका अन्य कार्य गर्ने वा गराउने ।
(२) साइबर ब्यूरोमा जाहेरी परेका वा अनुसन्धानको लागि प्राप्त भएका कसूर सम्बन्धमा अनुसन्धान गर्दा सो बिषय अन्य प्रहरी कार्यालयबाट अनुसन्धान हुन उपयुक्त देखेमा साइबर ब्यूरो प्रमुखले बाँकी अनुसन्धान गर्ने प्रयोजनका लागि त्यस्ता मुद्दामा सङ्कलित प्रमाण र मिसिल समेत सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको साइबर सम्बन्धी मुद्दाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले अनुसन्धान कार्य पूरा गरी सरकारी वकील समक्ष अनुसन्धान प्रतिवेदन पेश गरेपछि सोको जानकारी साइबर व्यूरोलाई समेत दिनु पर्नेछ ।
(४) यस नियम बमोजिम अनुसन्धान तहकिकातको क्रममा साइबर ब्यूरो प्रमुखले खटाएको प्रहरी कर्मचारीले प्रचलित कानून बमोजिम अनुसन्धान अधिकारीलाई भए सरहको अधिकार प्रयोग गरी नेपालभर काम गर्न सक्नेछ।